सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडाैं | मंसिर २९, २०७९
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो ।
बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।
बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

